Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रपति निर्वाचन: आजदेखि आचारसंहिता लागु, क–कसलाई लाग्छ ?

राष्ट्रपति निर्वाचन: आजदेखि आचारसंहिता लागु, क–कसलाई लाग्छ ?


  • 1.5K
    Shares

    राष्ट्रपति निर्वाचन: आजदेखि आचारसंहिता लागु, क–कसलाई लाग्छ ?
    images

    आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुने भएको छ। आचारसंहिता आगामी चैत ५ गतेसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ। 

    आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ।’

    आगामी पागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट उपाध्यक्ष सुवास चन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। 

    क-कसलाई लाग्छ आचारसंहिता?
    १) नेपाल सरकार र नेपाल सरकारका मन्त्री, 
    २) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, 
    ३) संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, 
    ४) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, 
    ५) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, 
    ६) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, 
    ७) उम्मेदवार तथा उमेदवारको प्रतिनिधि, 
    ८) राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, 
    ९) सार्वजनिक पद धारण गरेको व्यक्ति, 
    १०) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, 
    ११) मतदाता

     

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - ११:३२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij