Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रदेश १ को नाम ‘कोसी’ राख्न कांग्रेस–एमाले एकमत, साना दलको भने फरक मत

प्रदेश १ को नाम ‘कोसी’ राख्न कांग्रेस–एमाले एकमत, साना दलको भने फरक मत


  • 2.4K
    Shares

    प्रदेश १ को नाम ‘कोसी’ राख्न कांग्रेस–एमाले एकमत, साना दलको भने फरक मत
    images

    प्रदेश–१ को नाम कोसी राख्न नेकपा एमाले र नेपाली काँग्रेसको तयारी भएको छ । नेकपा एमाले र काँग्रेसको पछिल्लो छलफलले प्रदेश–१ को नाम कोसी राग्ने सहमतिउन्मुख भएको बताइएको छ ।

    आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण गर्ने प्रस्ताव पेस हुने सम्भावना रहेको छ । दलहरुबीच सहमति भए आजै प्रदेशसभामा नामको प्रस्ताब टेबल हुने एमाले नेताहरुले बताएका छन् । त्यसका लागि आजै कार्यव्यवस्था परामर्श मितिको बैठकसमेत बस्ने जनाइएको छ ।

    यसअघि पनि नेकपा एमालेले प्रदेश–१ को नाम कोसी राग्नुपर्ने अडानमा थियो । माओवादी पहिचानका आधारमा राखिनुपर्न अडानमा थियो ।

    त्यस्तै नेपाली काँग्रेसले स्पष्ट नाम बताउन सकेको थिएन । तर पछिल्लो समय काँग्रेसले एमालेको प्रस्तावमा समर्थन जनाउने स्थिति नजिक पुगेकाले प्रदेशको नाम कोसी हुने लगभग निश्चित भएको दलहरुले बताएका छन् ।

    प्रदेश–१ मा ९३ सांसद छन् । प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । जुन नेकपा एमाले र काँग्रेस एक भए दुई तिहाइ बहुमत पुग्छ ।

    एमाले र काँग्रेसको सहमतिमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले भने फरक मत राखेका छन् ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - ११:२९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij