Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

लघुवित्तले कर्जा ब्याजदर १५ प्रतिशत भन्दा बढी लिए उजुरी गर्नू : नेपाल राष्ट्र बैंक

लघुवित्तले कर्जा ब्याजदर १५ प्रतिशत भन्दा बढी लिए उजुरी गर्नू : नेपाल राष्ट्र बैंक


  • 3.5K
    Shares

    • images
    लघुवित्तले कर्जा ब्याजदर १५ प्रतिशत भन्दा बढी लिए उजुरी गर्नू : नेपाल राष्ट्र बैंक

    लघुवित्त वित्तीय संस्थाले कर्जाको ब्याज १५ प्रतिशत भन्दा बढी लिए कारबाही हुने भएको छ। 

    नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त संस्थालाई कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिए कारबाही गर्ने जनाएको हो। पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले ऋणीबाट आफूखुसी ब्याज लिएको गुुनासो आएपछि राष्ट्र बैंकले सूचना जारी गरेको हो। 

    सूचनामा भनिएको छ, ‘लघुवित्तले वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिन नहुने व्यवस्था छ। संस्थाले १५ प्रतिशत बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकका रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुन्छ।’

    राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त र फाइनान्स कम्पनी फरक संस्था भएको सूचनामै उल्लेख छ। सर्वसाधारणले सहकारी, लघुवित्त र फाइनान्स कम्पनीलाई एउटै रुपमा लिने सम्झिने गरेका छन्। यी संस्था एउटै नभएकाले ब्याजदर पनि फरक हुने राष्ट्र बैंकले जनाएको छ। 

    नेपाल राष्ट्र बैंकले (क) वर्गका वाणिज्य बैंक, (ख) वर्गका विकास बैंक र (ग) वर्गका फाइनान्स कम्पनी र (घ) वर्गका लघुवित्त संस्थालाई राष्ट्र बैंकले नियमन गर्छ। 

    सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकले नियमनभित्र नपर्ने सूचनामा उल्लेख छ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७९ मंगलवार - १७:५०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij