२०८२ मंसिर ५ गते शुक्रवार
प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्थगित भएपछि कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ जाने भएका छन् ।
एलडीसी राष्ट्रहरूको सम्मेलन यही मार्च ५ देखि मार्च ९ सम्म कतारको दोहामा आयोजना हुँदैछ । पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा 'सम्भावनादेखि समृद्धिसम्म' विषयमा बहस हुँदैछ । विश्वका अति कम विकसित देशहरू सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने दौडमा रहेका छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij