Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

यी हुन सार्वजनिक बिदामा पनि खुल्ने पाँच सरकारी कार्यालय

यी हुन सार्वजनिक बिदामा पनि खुल्ने पाँच सरकारी कार्यालय


  • 2.0K
    Shares

    यी हुन सार्वजनिक बिदामा पनि खुल्ने पाँच सरकारी कार्यालय
    images

    सरकारले सेवाग्राहीको बढी भीडभाड हुने सरकारी कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने भएको छ । हिजो बसेको क्याबिनेट बैठकले सेवाप्रवाहमुखी पाँच वटा कार्यालय शनिबार र अन्य सार्वजनिक बिदाका दिन पनि सुचारू गर्ने निर्णय गरेको हो ।

    राहदानी विभाग, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, सरकारी अस्पताल र प्रहरी कार्यालयहरु अबदेखि बिदाको दिनमा पनि खुल्ला हुनेछन् । यी कार्यालयले बिदाको दिन पनि सेवाग्राहीलाई सेवा दिनेगरी तयार पारिएको तालिका क्याबिनेटले स्वीकृत गरेको हो । 

    तत्काल निर्णय कार्यान्वयनको निम्ति कर्मचारीलाई सिफ्टमा काम लगाइने छ । सार्वजनिक बिदाको दिन काम गर्ने कर्मचारीले सट्टा बिदा पाउने व्यवस्था गरिएको छ । यो निर्णयले सेवाग्राहीलाई केही राहत पुग्ने अपेक्षा गरेको सरकारले क्रमशः अन्य सरकारी कार्यालयलाई पनि हप्तामा सातै दिन खोल्नेगरी आन्तरिक तयारी गरिरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७९ मंगलवार - १६:०६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij