२०८२ मंसिर ५ गते शुक्रवार
आशा लघुवित्त वित्तीय संस्थाले लाभांश दर संशोधन गरेको छ । कम्पनीले अब चुक्ता पुँजीको १४.२९% बोनस सेयर र कर प्रयोजनका लागि ०.७१% नगद लाभांश गरी जम्मा १५% मात्र लाभांश वितरण गर्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकको पत्र अनुसार लाभांश संशोधन भएको हो।
यसअघि भने माघ २३ गते बसेको आशाको सञ्चालक समिति बैठकले २०% बोनस सेयर र कर तिर्न १.०५% नगद गरी कुल २१.०५% लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
संशोधित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij