Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

सर्वोच्चद्वारा सन्दीप लामिछानेलाई दियो विदेश जाने अनुमति

सर्वोच्चद्वारा सन्दीप लामिछानेलाई दियो विदेश जाने अनुमति


  • 3.0K
    Shares

    सर्वोच्चद्वारा सन्दीप लामिछानेलाई दियो विदेश जाने अनुमति
    images

    काठमाडौं।सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ ।

    उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । त्यस्तै विदेश जान पाउने गरी लामिछानेले पनि सर्वोच्चमा निवेदन दिएका थिए । 

    दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो ।

    सन्दीपलाई एकजना किशोरी (गौशाला २६) लाई बलात्कार गरेको अभियोग लागेको थियो। त्यसपछि उनलाई जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो।

    जिल्लाको उक्त आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए। जहाँ गत पुस २८ गते उच्च अदालतले सन्दीपलाई थुनाबाट रिहा गर्न आदेश दिएको थियो।

    प्रकाशित मिति :फाल्गुण १५ २०७९ सोमवार - १९:२६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij