Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

६४ दिनमै अल्पमतमा पर्‍यो प्रचण्ड सरकार, एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता

६४ दिनमै अल्पमतमा पर्‍यो प्रचण्ड सरकार, एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता


  • 2.0K
    Shares

    ६४ दिनमै अल्पमतमा पर्‍यो प्रचण्ड सरकार, एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेका हुन्। नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो।

    आफ्ना परराष्ट्रमन्त्रीलाई संयुक्त राष्ट्रसंघको महासभामा जान लाग्दा रोकिएपछि अपमान भएको भन्दै नेकपा एमालेले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेको संसदमा ७८ सांसद छन्। 

    आइतबार राप्रपाले पनि सरकार छोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। पुस १० गते ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए।

    एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि अब सरकार बनाउन साथ दिएका सांसदको संख्या ७७ मा झरेको छ।१२ फागुनमा कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायत ८ दलको नयाँ गठबन्धन बनेको छ। नयाँ गठबन्धन बनेपछि पुरानो गठबन्धन भत्किएको छ।

    पुरानो गठबन्धन भत्किएपछि अब प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने कानुनविद्को भनाइ छ।

    ‘अब विश्वासको मत लिनुपर्छ,’ एमाले र राप्रपाले समर्थएन फिर्ता लिएपछि सुरुमा प्रधानमन्त्री बनाउन समर्थन गर्ने दलको संख्याका आधारमा उहाँ अल्पमतमा पर्नुभयो,’ ती कानुनविद्ले भने, ‘अब संसदमै उहाँले विश्वास रहेको पुष्टि गर्नुपर्छ।’

    त्यसो त आठ दलीय गठबन्धनबाट प्रचण्डलाई समर्थन जुट्नसक्छ । तर, त्यसका लागि समय लाग्ने देखिन्छ।

    प्रचण्डले तत्काल विश्वासको मत लिने सम्भावना पनि छ। २६ पुसमा प्रचण्डले संसदबाट विश्वासको मत लिएका थिए। त्यसबेला उनको पक्षमा २६८ मत परेको थियो। 

    राष्ट्रपति चुनावले गठबन्धनमा फेरबदर भएपछि प्रचण्ड सरकार फेरि विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेको हो।

    प्रकाशित मिति :फाल्गुण १५ २०७९ सोमवार - १४:१९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij