२०८२ मंसिर ५ गते शुक्रवार
नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने भएका छन्। पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।
उनका अनुसार एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन समेत फिर्ता गर्ने निर्णय गरेको छ।
आइतबार जेनेभा प्रस्थान गर्न लागेकी परराष्ट्रमन्त्री डा. विमला पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेपछि एमालेले आकस्मिक बैठक बोलाएको थियो।
सो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रधानमन्त्रीले विदेश भ्रमण रोकेपछि पौड्यालले अपमान भएको बताएकी थिइन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij