२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं। नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाबीचको सम्बन्धविच्छेद मुद्दा टुंगिएको छ । नायिका पाखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेकी थिइन्।
जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने गरी फैसला सुनाएको छ भने उनीहरूको डिभोर्स पनि टुंग्याइदिएको छ। अदालतको फैसलापछि शिल्पाले न्याय पाएको भन्दै खुसी व्यक्त गरेकी छिन् भने निर्माता छवि चुपचाप छन्।
शिल्पाले छविसँग सम्बन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन्। शिल्पाको मुद्दामा आइतबार अबेर फैसला सुनाउँदै अदालतले छविको सम्पत्ति आधा पाउने र शिल्पासँग सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण पनि आधा शिल्पाले व्यहोर्नुपर्ने भनेको छ।
अदालतको फैसलाअनुसार पनि शिल्पाले झन्डै १० करोड ऋण व्यहोरेर मात्रै आधा सम्पत्ति पाउने देखिन्छ। छविको जायजेथा र ऋणको सबै लेखाजोखा भइसकेको छ छविले आफ्नो ऋण २० करोडभन्दा माथि देखाएको बुझिन्छ छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउने छिन् ।
यसैगरी, छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij