Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली


  • 2.5K
    Shares

    बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली
    images

    काठमाडौं । काठमाडौंको बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

    फागुन शुक्ल अष्टमीका दिन ठड्याइने चीर उठाएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

    आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

    यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७९ सोमवार - १२:२७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij