२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट समाजवादी यूनियन अखिल क्रान्तिकारी संगठनबाट चुनाव लड्ने भएका छन् । आगामी चैत ५ गते हुने स्ववियू चुनावमा बाबुराम नेतृत्वको विद्यार्थी संगठन र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी एउटै संगठनबाट चुनाव लड्ने भएका हुन् ।
आज काठमाडौंको वाल्मिकी क्याम्पसमा पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र र नेसपा स्ववियू चुनावमा एउटै घोषणापत्र लिएर जाने निर्णय हुने अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले बताए ।
‘माओवादी केन्द्र र नेसपा पार्टी एकता गर्ने लगभग निश्चित जस्तै छ । अब स्ववियू चुनावमा आउन धेरै समय छैन’ पुनले भने, ‘त्यसैले एउटै संगठन अखिल क्रान्तिकारी र एउटै घोषणापत्र लिएर स्ववियू चुनाव जाने निर्णय गर्दैछौं ।’ अखिल क्रान्तिकारीले आफ्नो घोषणापत्र तयार गरिसकेको छ ।
माओवादी र नेसपा स्ववियू चुनावमा आपसी सल्लाहमा उम्मेदवार चयन गरेर उठाउने पुनले बताए । ‘विगतमा माओवादी टुटफुट र विभाजन हुँदा हामी कमजोर भयौं त्यसको फाइदा प्रतिक्रियावादीहरुले उठाए’ पुनले भने, ‘अब विभाजित माओवादीहरु सकेसम्म एक भएर विचार मिल्नेसँग स्ववियूका सहकार्य गर्नेछौँ ।’ माओवादी कमजोर भएमा परिवर्तनका उलब्धी गुम्न सक्ने भएकाले एकता र ध्रुवीकरणमा जानुपर्ने पुनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij