Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

१५ अर्ब १३ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

१५ अर्ब १३ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?


  • 2.4K
    Shares

    • images
    १५ अर्ब १३ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक,  बाेलकबाेल कहिले ?
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने ९१ दिने र ३६४ दिने गरी तीन किसिममा ट्रेजरी बोलकबोल गर्न लागेको हो । 

    मगंलबार अर्थात् फागुन १६ गते बिक्री हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यद्यपि, कूल ट्रेजरी मध्ये ८ अर्ब १३ करोड रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको ७ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ । 

    बैंकका अनुसार २८ दिने ट्रेजरीको ५ अर्ब रुपैयाँ र ९१ दिनको ३ अबै १३ करोड रुपैयाँ नवीकरण हुनेछ भने ३६४ दिनको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ बिक्री गरिनेछ । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेभित्र ट्रेजरी खरिदका लागि अनलाइन आवेदन दिन सक्नेछन् । 

    यसअघि केन्द्रीय बैंकले फागुन ८ गते ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७९ सोमवार - ११:२९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij