Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

तीन नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

तीन नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ


  • 2.1K
    Shares

    तीन नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ
    images

    तीन जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।चीनको फुजेन मेन घर भई हाल ललितपुरको सोह्रखुट्टे बस्ने ४९ वर्षीय यङ लिमिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो। 

    उनीविरुद्ध तीन जना बालिकाले जबरजस्ती करणीको आरोपमा जाहेरी दिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए। 

    उनले २ बालिकालाई पोखराबाट काठमाडौंमा बोलाई उनले लिएको ललितपुरस्थित डेरामा लगि जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेको छ।

    उनले १७ वर्षीया नाबालिकलाई माघ १० गते राति  र अर्की १७ वर्षीया बालिकालाई फागुन ११ गते राति जबरजस्ती करणी गरेको आरोप छ।

    यस्तै, उनले अर्की १३ वर्षीया नाबालिकालाई पनि झापाबाट बोलाएर कोठामा राखेको पाइएको छ। उनलाई पनि जबरजस्ती करणी गर्ने उदेश्यले राखेको पाइएको प्रहरीको भनाइ छ। 

    पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडी बढाएको एसएसपी शाहले जानकारी दिए।

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - १६:५५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij