२०८२ मंसिर ५ गते शुक्रवार
भोलि फागुन १५ गते मगर दिवसका दिन यहाँको पहाडी क्षेत्रमा पर्ने गाउँपालिका बुलिङटारले सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले आइतबार सूचना जारी गरेर सोमबार मगर दिवस परेकाले गाउँपालिकाभित्रका सबै विद्यालय तथा कार्यालय बन्द हुने जनाएका हुन् ।
'सोमबार यहाँका सरकारी कार्यालय, शैक्षिक संघसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौं,' सूचनामा उल्लेख छ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा ९४ प्रतिशत स्थानीय बासिन्दा मगर समुदायका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij