२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौँ । आइतबार १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक साढे ५ बजे बस्नेगरी सरेको छ ।आइतबारको बैठकमा कर्मचारी सम्बन्धि दुई विधेयक पेश गर्ने कार्यतालिका रहेको थियो । तर ती विधेयकमा संशोधन प्रस्ताव बढि परेपछि सहमति जुटाउन सकस परेको छ ।
प्रदेशसभा बैठकअघि विधेयकबारे समितिमा सहमति जुटाउन बसेको विधेयक व्यवस्थापन विषेश समितिको बैठक बिहान ८ बजेदेखि अहिलेसम्म बसिरहेको छ । उक्त समितिका सभापति दिनेशचन्द्र देवकोटा रहेका छन् ।
सो समितिमै संशोधन प्रस्तावमाथि सहमति नजुट्दा प्रदेश संसद सचिवालयले १ बजेका लागि बोलाएको बैठक सरेको सुचना जारी गर्दै आइतबार बेलुका साढे ५ बजे बस्ने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij