Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रिय सभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

राष्ट्रिय सभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित


  • 1.5K
    Shares

    राष्ट्रिय सभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित
    images

    काठमाडौँ । राष्ट्रियसभाले जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधिसभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

    आइतबार बसेको राष्ट्रियसभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ ।

    बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने, ‘विक्रम संवत् २०१६ साल जन्मनु भएको प्रतिनिधिसभा सदस्य शहनाज रहमानको मिति २०७९ साल फागुन १३ गते ६३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएकोमा राष्ट्रिय सभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ । झापा भद्रपुर निवासी स्वर्गीय रहमान जनता समाजवादी पार्टी, नेपालको तर्फबाट २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुहुन्थ्यो । यो बैठक स्वर्गीय रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गम्भीर समवेदना प्रकट गर्दछ ।’

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - १४:३७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij