२०८२ माघ ७ गते बुधवार
काठमाडौं । ललितपुर महानगरपालिकाका १० सहकारी संस्था खारेज भएका छन्। महानगरले लेखा परिक्षण नगरेको, साधारणसभा नगर्ने तथा विवरण नबुझाउने गरेको भन्दै १० सहकारी संस्था खारेज गरेको हो।
महानगरले ३५ दिने सूचना निकालेर सहकारीलाई सम्पर्कमा आउन भनेपनि अटेर गरेको भन्दै ती सहकारी खारेज गरिएको जनाएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij