२०८२ मंसिर ५ गते शुक्रवार
बैंक तथा वित्तिय संस्था र मीटरब्याजीविरुद्ध आन्दोलन गरिरहेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि माइतीघर मण्डलामा विरोध र्याली निकाल्ने भएको छ ।
सो पार्टीका विभिन्न जनवर्गीय संगठनहरु भोलि बिहान ११ बजेदेखि संयुक्तरुपमा आन्दोलनमा उत्रिने भएका हुन् । माइतीघरबाट र्याली निकालेर नयाँ बानेश्वरमा कोणसभा गर्ने जनाइएको छ ।
वित्तिय संस्थाको चर्को ब्याजदर र सुदखोरहरुको आतंकविरुद्ध विप्लव समूहले केही समययता लगातार प्रदर्शन गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij