Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सन्दीपको संयुक्त रिटमाथि बन्द इजलासमा सुनुवाइ सुरु

सन्दीपको संयुक्त रिटमाथि बन्द इजलासमा सुनुवाइ सुरु


  • 1.6K
    Shares

    सन्दीपको संयुक्त रिटमाथि बन्द इजलासमा सुनुवाइ सुरु
    images

    काठमाडौं । सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ हुने भएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिएको हो ।

    नाबालिक बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको थियो ।

    सरकारी निवेदनमाथि सुनुवाइ सुरु गर्नुअघि सन्दीपका वकिलले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेका थिए । लैंगिक हिंसा लगायतका मुद्दा बन्द इजलासमा सुनुवाइ गर्न सक्ने व्यवस्था छ । इजलासको आदेशपछि बन्द इजलास सुरु भएको छ, जसमा सरकारी र सन्दीप पक्षका वकिल मात्र सहभागी छन् ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - १३:३२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij