विवाद के हो ?
क्याम्पस प्रमुख भुजेलका अनुसार स्ववियु निर्वाचनका लागि फागुन ५ गते ४ बजेसम्म विद्यार्थी भर्नाको समय तोकिएको थियो । तर केही विद्यार्थीहरुको भर्ना फारम ४ बजेभित्रै आए पनि भर्ना फारममा टाँस्नुपर्ने फोटो ५ मिनेट ढिला आएकाले विवाद भएको उनले बताए ।
‘केहीले फारम चार बजेभित्रै आएको हो, फोटो मात्र ५ मिनेट पछि आएको त हो नि, त्यही भएर भर्ना लिनुपर्छ भन्नुभयो ।
केहीले फेरि ४ बजेपछि आएकोलाई किन स्वीकार गर्ने भन्नुभयो, त्यही भएर विवाद भयो,’ क्याम्पस प्रमुख भुजेलले भने ।
तर अखिल क्रान्तिकारीका नेता मैनालीले भने ५ मिनेटमात्रै ढिलो फोटो आएको भन्ने क्याम्पस प्रमुखको भनाइ सत्य नभएको बताए । ‘त्यो दिन म क्याम्पसमै थिएँ, ५ मिनेट ढिलो होइन, पाँच बजेसम्म पनि फोटो आएको छैन,’ उनले भने ।
भर्ना बन्द गरेर निस्किने बेला क्याम्पस प्रमुखले के गर्ने भनेर ‘भोलि सन्चालक समितिलाई सोध्छु’ भनेको बताउँदै मैनालीले भने, ‘झगडाको बिउ उहाँले नै रोप्नुभयो ।’
स्ववियु निर्वाचन स्थगित गर्न नपाइने भन्दै नेकपा एमाले बाहेकका राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । उनीहरुले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय खारेज नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले क्याम्पस प्रमुखको मिलेमतोमा एमाले निकट अनेरास्ववियुका एक सय जनाभन्दा बढी विद्यार्थीहरुलाई पूर्वनिर्धारित भर्ना तालिकामा तोकिएको समयभन्दा पछि भर्ना गर्न खोजिएकाले ती फारम रद्द हुनुपर्ने मागसमेत गरेका छन् ।
