२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारीको समस्यामा भागेर समाधान नहुने बताएका छन्
देशभरका सहकारीमा समस्या देखिएकाे बताउँदै अध्यक्ष उप्रेतीले भने, `समस्यामा भाग्ने हैन, समाधानतर्फ सबै लागाैं ।´ छलफल, समन्वय, सहकार्यकै माध्यमबाट सहकारी समस्या समाधानमा गर्न सबै लाग्नुपर्ने बताए ।
ललितपुरकाे हाम्राे बचत तथा ऋण सहकारी संस्थाकाे २५ औं स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उप्रेतीले बचतकाे सीमा ताेकेर सहकारी संकुचन गर्ने कुरा मान्य नहुने बताए । सम्पत्ति सुदृढीकरणकाे नाममा मुलुक ग्रे जाेनमन पर्न लागेकाे भन्दै सहकारीमा बचतकाे सीमा ताेकिनु गलत भएकाे उनकाे भनाइ छ।
सहकारी ऐन २०७४ काे दफा ५२ संशोधन आवश्यक नभएकाे उनले प्रष्ट पारे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij