Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय


  • 2.5K
    Shares

    रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    काठमाडौँ । नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।  

    शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेपछि सर्वसम्मतले पारित गरेको कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । राष्ट्रपतिमा कृष्ण प्रसाद सिटौलाले पनि दाबी गरेका थिए । 

    कांग्रेसको १४ औँ महाधिवेशनमा तटस्थ बसेर सभापति शेरबहादुर देउवालाई सहयोग गरेका पौडेलले संसदीय दलको चुनावमा पनि प्रस्तावक नै बसेका थिए । त्यतिबेलादेखि नै पौडेललाई राष्ट्रपति बनाउने देउवाले आश्‍वासन दिएका थिए । 

    राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने शुक्रबार साँझको बैठकले निर्णय गरिसकेको छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७९ शनिवार - १०:१६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij