Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

दिलीप महतोको हत्या गर्ने क्रशर उद्योगीलाई जन्मकैद, मतियारलाई साढे १२ वर्ष जेल

दिलीप महतोको हत्या गर्ने क्रशर उद्योगीलाई जन्मकैद, मतियारलाई साढे १२ वर्ष जेल


  • 1.7K
    Shares

    दिलीप  महतोको हत्या गर्ने क्रशर उद्योगीलाई जन्मकैद, मतियारलाई साढे १२ वर्ष जेल
    images

    पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई कैद सजाय सुनाइएको छ ।

    मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५-२५ वर्ष कैद र ५-५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको छ ।

    त्यस्तै हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालत धनुषाले फैसला गरेको हो ।

    जिल्ला अदालत धनुषाका इजलास नम्बर ६ का न्यायाधीश चित्रबहादुर गुरुङले फैसला सुनाएको इजलास अधिकृत विष्णु भट्टराईले जानकारी दिइन् ।

    उनीहरुको सम्पत्तिबाट क्षितपूर्ति असुल नभए सरकारको विपद कोषबाट दिलीपको परिवारजनलाई उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।

    गत फागुन ३ गते जिल्ला अदालतले ७ अभियुक्त मध्ये विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर र चारजनालाई सफाइ दिएको थियो ।

    क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिइएको थियो ।

    २५ पुस २०७६ मा बिहानै घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्मम हत्या भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १७:००:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij