Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सन्दीप लामिछानेको निवेदनबारे सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने

सन्दीप लामिछानेको निवेदनबारे सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने


  • 2.3K
    Shares

    सन्दीप लामिछानेको निवेदनबारे सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने
    images

    विदेश जान लगाएको रोक हटाउन माग गर्दै सन्दीप लामिछानेले हालेको निवेदनबारे सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । केहीबेरमा आदेश आउने बताइएको छ ।

    न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा भएको सुनुवाइमा नेपाल क्रिकेट सङ्घ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले सन्दीपको जिम्मा आफूले लिने बताएका थिए । सन्दीपलाई एउटा खेलाडीका रूपमा विदेश जान दिनुपर्ने भन्दै उनले युएई गएपछि पासपोर्ट आफूहरूले लिने र नेपाल आउँदा सँगै ल्याउने बताएका थिए ।

    लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोग छ । त्यो मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा छाड्दा उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता सर्तहरू राखिएको थियो ।

    धरौटीमा छुटेपछि क्रिकेट सङ्घले उनको निलम्बन हटायो । लगतै राष्ट्रिय टिममा राख्यो र लिग टू अन्तरगत काठमाडौंमा भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक शृङ्खला खेल्यो । अर्को शृङ्खला खेल्न नेपाली टोली भोलि युएई जाँदैछ ।

    क्रिकेट सङ्घले सन्दीपलाई पनि लैजान चाहेको थियो, तर अदालतको सर्तका कारण सम्भव थिएन । त्यसैले सन्दीप विदेश जाने अनुमति माग गर्दै सर्वोच्च गएका हुन् ।

    सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पनि पुनरावेदनको निवेदन दिएको छ । यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको थियो । तर शुक्रबार हेर्न नभ्याइनेमा परेको छ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १६:५३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij