Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

फागुन १५ गते सार्वजनिक विदा दिन माग

फागुन १५ गते सार्वजनिक विदा दिन माग


  • 9.9K
    Shares

    फागुन १५ गते सार्वजनिक विदा दिन माग
    images

    मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिन माग गरेको छ । फागुन १५ गते मगर संघ स्थापना तथा मगर एकता दिवस भएकाले उक्त दिन देशभर सार्वजनिक विदाको माग गरिएको हो ।

    नेपाल मगर संघ बुटवलले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ गते सार्वजनिक विदा र नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

    आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको संघकी अध्यक्ष बसन्ती साठीघरेले गुनासो गरिन् ।

    २०६८ को जनगणना अनुसार देशभर मगर समुदायको जनसंख्या १९ लाख रहेपनि मगर संघले ३० लाख मगर रहेको दावी गर्दै आएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा संघले सार्वजनिक विदा माग गर्दै आएको उनले बताइन् ।

    उनले फागुन १५ मा सार्वजनिक विदा, मगर समुदायको भाषा,संस्कृति संरक्षणमा उचित वजेट र आई.एल.ओ.१६९ लगायत अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग समेत गरिन् ।

    मगर समुदायको आफ्नै मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रितिरिवाज मात्रै नभई आफ्नै ऐतिहासिक भूमि र क्षेत्र रहेकाले आफैमा समृद्ध जाति हुँदाहुँदै पनि राज्यको विभेदकारी नीतिका कारण यो समुदायको हरेक पक्षमा राज्य स्तरबाटै नकारात्मक प्रहार हुँदै आइरहेको अध्यक्ष साठीघरेले बताइन् ।

    लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै जनसंख्या मगरको भएकाले प्रदेशमा मगर भाषालाई पनि सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ व्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्ने संघका प्रदेश सदस्य गोपाल चौहानले माग गरे ।

    स्थापना दिवसको अवसरमा संघले फागुन १३ गते अपाङ्ग आश्रममा फलफूल तथा खद्यान्न वितरण र १५ गते भेषभुषाको झाँकी सहित बृहत र्याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित मूल समारोह गरिने संघका सचिव हेमन्त बुढाथोकीले बताए ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १६:४२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij