२०८२ माघ ८ गते बिहिवार
गायन रियालिटी शो 'द भ्वाइस किड्स नेपाल' सिजन-२ को प्रसारण यही फागुन २६ गतेदेखि सुरू हुने भएको छ।
हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
सधैं झैं यसपटक पनि पहिलो एपिसोडमा 'ब्लाइन्ड अडिसन' प्रसारण हुनेछ। डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाहरूले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन्।
ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरूको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरू हुनेछ। हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन्।
यसपटक भ्वाइसको टिमले कोचमा सामान्य परिवर्तन गरेको छ। अघिल्लाे सिजनका काेच राजु लामाकाे ठाउँमा गायक सुशान्त केसी भित्रिएका छन्। कोच प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार यो वर्ष पनि यथावत् नै छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij