Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

बालुवाटार बैठक: चार दलबीच भयो सहमति, राष्ट्रपतिमा कांग्रेसको सम्भावना बलियो, उपराष्ट्रपति जसपालाई

बालुवाटार बैठक: चार दलबीच भयो सहमति, राष्ट्रपतिमा कांग्रेसको सम्भावना बलियो, उपराष्ट्रपति जसपालाई


  • 1.8K
    Shares

    बालुवाटार बैठक: चार दलबीच भयो सहमति, राष्ट्रपतिमा कांग्रेसको सम्भावना बलियो, उपराष्ट्रपति जसपालाई
    images

    काठमाडौं । राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेका छन् । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । यद्यपि कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना रहेको नेताहरु बताउँछन् ।

    शुक्रबार विहान नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो ।

    बैठकमा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ, जसलाई जसपा र माओवादीको समर्थन छ । तर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने आफूहरुको शर्त नभएको माओवादी नेताहरुले बताएका छन् ।

    कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति छाडेर सहमति हुन नसक्ने बताएका छन् । ‘साँझ ५ बजे हामी फेरि बस्छौं, राष्ट्रपति कांग्रेसले नै लिने पक्का जस्तै छ’ एक नेता भन्छन् । उनका अनुसार उपराष्ट्रपति भने जसपाले पाउनेछ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १४:११:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij