Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वैदेशिक रोजगार बचत पत्र जारी गर्दै राष्ट्र बैंक, साढे १२ प्रतिशत ब्याज दिने

वैदेशिक रोजगार बचत पत्र जारी गर्दै राष्ट्र बैंक, साढे १२ प्रतिशत ब्याज दिने


  • 2.4K
    Shares

    वैदेशिक रोजगार बचत पत्र जारी गर्दै राष्ट्र बैंक, साढे १२ प्रतिशत ब्याज दिने

    नेपाल राष्ट्र बैंकले आगामी चैत १० गते ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्र जारी गर्ने भएको छ । वार्षिक १२.५० प्रतिशत ब्याजदर प्रदान गर्ने गरी बैंकले वैदेशिक बचत पत्र २०६४ ‘क’ जारी गर्ने भएको हो ।

    शुक्रबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक खरिदकर्तालाई अनलाइन दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार २०७९ फागुन १४ गतेदेखि २०७९ चैत्र ३ गतेसम्म दरखास्त खुल्ला रहनेछ ।

    यो बचत पत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।

    इच्छुक खरिदकर्ताले १० हजार रुपैयाँदेखि बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि दरखास्त हाल्न सक्नेछन् । २०७९ चैत १० गते बिक्री हुने बचत पत्र २०८४ चैत १० गते परिपक्व हुनेछ । खरिदकर्ताले अर्धवार्षिक अर्थात् ६/६ महिनामा तोकिएको ब्याज पाउनेछन् ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १२:३६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij