Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सांसद चौधरीको निलम्बन फुकुवा, राष्ट्रपति निर्वाचनमा भोट दिन पाउने

सांसद चौधरीको निलम्बन फुकुवा, राष्ट्रपति निर्वाचनमा भोट दिन पाउने


  • 1.8K
    Shares

    सांसद चौधरीको निलम्बन फुकुवा, राष्ट्रपति निर्वाचनमा भोट दिन पाउने

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएसँगै राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी निलम्बित भएका कारण मतदाता सूचीमा उनको नाम समावेश थिएन । 

    बिहीबार निर्वाचन आयोगमा सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै उनको नाम मतादाता सूचीमा समावेश गरेर अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । 

    सांसद चौधरी अदालतको आदेश कार्यान्वयन गराउनका लागि गत माघ १९ गते पक्राउ परेका थिए । झन्डै १० वर्षअघि ट्याक्टरमा आगजनी गरेको घटनामा दोषी ठहर ६ महिना कैद र ८ लाख १९ हजार बिगो भराउनका लागि पक्राउ परेपछि उनी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका थिए ।  

    यस्तै हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । महतो निलम्बनमा नपरेकोले उनको नाम पनि मतदाता सूचीमा समावेश रहेको छ । 

    यस्तै राष्ट्रपतिको निर्वाचनका लागि मतदाताका रूपमा रहेका सङ्घीय र प्रदेश सभा सदस्यमाथि कुनै दाबी विरोध उजुरी नपरेको उनले बताए । आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ता गर्ने, सोही दिन उम्मेदवारको सूची प्रकाशन गर्ने, फागुन १४ गते उम्मेदवारको मनोनयन विरुद्ध उजुरी दिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गर्ने कार्यतालिका रहेको छ । 

    यस्तै फागुन १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यसूची रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - ११:१३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij