Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

बालुवाटारमा पुरानो गठबन्धनको बैठक जारी, काे–काे छन् सहभागी ?

बालुवाटारमा पुरानो गठबन्धनको बैठक जारी, काे–काे छन् सहभागी ?


  • 2.2K
    Shares

    बालुवाटारमा पुरानो गठबन्धनको बैठक जारी, काे–काे छन् सहभागी ?

    राष्ट्रपतिको उम्मेदवार चयनबारे सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कुरा मिल्न नसकिरहेका बेला पुरानो पाँच दलीय गठबन्धनका नेता छलफलमा जुटेका छन्। 

    प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अहिले चुनावअघिको पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच छलफल भइरहेको हो।

    बालुवाटार स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता सहभागी छन्।

    बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्। बैठक बिहान ९ बजेदेखि जारी रहेको बताइएको छ। 

    राष्ट्रपति पदका कारण वर्तमान सत्ता गठबन्धन टुट्ने आशंका भइरहेका बेला पुरानो पाँच दलीय गठबन्धन सक्रिय भएको हो। 

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १०:२६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij