Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सिंहदरबारमा मा‌ओवादी र जसपा नेताहरूबीच छलफल

सिंहदरबारमा मा‌ओवादी र जसपा नेताहरूबीच छलफल


  • 1.8K
    Shares

    सिंहदरबारमा मा‌ओवादी र जसपा नेताहरूबीच छलफल
    images

    नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका नेताहरूबीच अहिले छलफल भइरहेको छ। 

    सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भइरहेको छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन्। जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादवसहित नेताहरू सहभागी छन्।

    यसअघि प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग छलफल गरेका  थिए।

    यसअघि बुधबार साँझ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो।उक्त सहमतिपछि आज प्रधानमन्त्री प्रचण्डले अरू दलका नेताहरूसँग छलफल गरेका हुन्।

    आजै साँझ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको संयुक्त बैठक पनि बस्दैछ।  

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - १६:३६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij