२०८२ मंसिर ५ गते शुक्रवार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंककाे काराेबार राेक्का गरेकाे छ । सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गरी भोलि फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ।
त्यसैले, मर्जर प्रयोजनका लागि नेप्सेले फागुन १२ गतेदेखि सिभिल बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।
नेप्सेले जारी गरेको पत्रमा भनिएको छः
नेप्सेमा सूचीकृत कम्पनी सिभिल बैंक लिमिटेडको मिति २०७९/११/०३ को पत्रानुसार सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति गर्ने कार्य सम्पन्न भई मिति २०७९/११/१२ गते देखि हिमालयन बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्ने व्यहोराको पत्र प्राप्त भएकोले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा (९३) बमोजिम सिभिल बैंक लिमिटेडको शेयर कारोबार मिति २०७९ र ११ र १२ गते देखि लागू हुने गरी रोक्का राखिएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij