Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै

माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै


  • 2.4K
    Shares

    माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै
    images

    काठमाडौं । नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक आजै बस्ने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरुले बिहीबार एकीकृत समाजवादीका नेताहसँग छलफल गरेका थिए ।

    सिंहदरबारमा भएको छलफलमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका थिए । ‘प्रधानमन्त्रीले पनि म त एकदमै सहमत छु, कांग्रेससँग पनि कुरा गरौं भन्नुभएको छ,’ एक नेताले भने ।

    कांग्रेससँग साँझ ५ बजे छलफल गर्ने तयारी छ । त्यसअघि ३ बजे माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - १४:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij