Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सकियो प्रधानमन्त्री प्रचण्ड र नेपालबीचको भेटवार्ता, के भयो कुराकानी ?

सकियो प्रधानमन्त्री प्रचण्ड र नेपालबीचको भेटवार्ता, के भयो कुराकानी ?


  • 1.8K
    Shares

    सकियो प्रधानमन्त्री प्रचण्ड र नेपालबीचको भेटवार्ता, के भयो कुराकानी ?
    images

    काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको भेटवार्ता सकिएको छ ।

    माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार बसेको बैठक करिब एक घण्टा बसेर सकिएको हो । आगामी राष्ट्रपतिको निर्वाचनको विषयलाई  प्रधानमन्त्री प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

    एमाले अध्यक्ष केपी ओलीले नेपाललाई राष्ट्रपतिको रुपमा अघि सारेपछि नेपाल प्रचण्डलाई भेट्न सिंहदरबार गएका हुन् । प्रचण्डलाई भेटेर नेपालले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।

    राष्ट्रपतिको चुनावको उम्मेदवारी दर्त फागुन १३ गते हुने भएपछि लविङका लागि नेताहरुले प्रचण्डलाई भेटेर सहयोग गर्न आग्रह गरिरहेका छन् ।

    बैठकपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताए । यस्तै  पाँच दलीय गठबन्धन बिउँताउनेबारे छलफल भइरहेको प्रचण्डको भनाइ छ ।

    पाँच दलीय गठबन्धन बिउँताउन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘छलफल भइरहेको छ । फाइनल भइसकेको छैन ।’ यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले  पनि विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।

    तर निष्कर्षमा नपुगिसकेको भन्दै देशलाई हित हुने विकल्प रोज्ने उनको भनाइ छ ।  ‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्य देशलाई हित हुने विकल्प रोज्छौँ’ उनले भने ।

    यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलहरूसँग छलफल भइरहेको बताए । सोही क्रममा एकीकृत समाजवादीसँग पनि कुराकानी गरेको उनको भनाइ थियो । ‘राष्ट्रपतिबारे हामीले सबैसँग छलफल गर्दैछौं । टुङ्गोमा पुगिसकेका छैनौँ । गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगिसकेको छैन,’उनले भने ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - १३:४०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij