Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल


  • 2.4K
    Shares

    कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल

    काठमाडौँ। राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको भेटघाटपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ । तर, नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि बरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेताहरू एकमत देखिएका छन् । 

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - ०६:५९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij