Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

गण्डकी प्रदेशसभा: ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन, को–को परे ?

गण्डकी प्रदेशसभा: ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन, को–को परे ?


  • 2.4K
    Shares

    गण्डकी प्रदेशसभा: ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन, को–को परे ?
    images

    प्रदेशसभाका ११ जना सांसद सदस्य रहने गरी गण्डकी प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । 

    प्रदेशसभाको बुधबारको बैठकमा नेकपा एमाले सांसद गोविन्दबहादुर नेपालीले ११ सदस्य रहने मस्यौदा समिति गठनको प्रस्ताव प्रस्तुत गरे । उनको प्रस्तावको समर्थक कांग्रेसका विन्दुकुमार थापा र प्रस्तावक नेकपा माओवादी केन्द्रकी सुशीला सिम्खडा रहे । प्रस्ताव बुधबारकै बैठकबाट पारित भएको छ । 

    समितिमा नेपाली कांग्रेसबाट विन्दुकुमार थापा, चम्पादेवी खड्का, महेन्द्रध्वज जिसी, नन्दप्रसाद न्यौपाने, नेकपा एमालेबाट गोविन्दबहादुर नेपाली, सुधिरकुमार पौडेल, भीमबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट सुशीला सिम्खडा, कुसुम बुढा, फणीन्द्र देवकोटा र राप्रपाकी विन्दु अधिकारी पहाडी सदस्य छन् ।

    यीमध्ये एक जनालाई समितिको सभापति चयन गरिने छ । यो समितिलाई मस्यौदा तयार पार्न फागुन मसान्तसम्मको समय दिइएको छ ।

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १६:४४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij