Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रपति निर्वाचन: ८८१ जना मतदाताको नामावली सार्वजनिक (सूचीसहित)

राष्ट्रपति निर्वाचन: ८८१ जना मतदाताको नामावली सार्वजनिक (सूचीसहित)


  • 2.3K
    Shares

    राष्ट्रपति निर्वाचन: ८८१ जना मतदाताको नामावली सार्वजनिक (सूचीसहित)
    images

    काठमाडौँ ।  निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा सहभागी हुने मतदाताको नामावली सार्वजनिक गरेको छ ।

    फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मतदाता नामावली सार्वजनिक गरेको हो ।

    वुधबार ८८१ जनाको नामावली सूची प्रकाशन गरेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृता शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् ।

    उनका अनुसार संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ ।

    मतदाता नामावलीको दाबी विरोधको उजुरी वुधबार बिहान ११ बजेदेखि बिहीबार मध्यान्न १२ बजेसम्मको समय तोकिएको सहायक प्रवक्ता शर्माले बताइन् ।

    प्रतिनिधि सभा सांसदकाे नामावली 

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १६:२६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij