Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रकाश र मेलिनाको कौडा भाका 'जुन माया' गीत सार्वजनिक

प्रकाश र मेलिनाको कौडा भाका 'जुन माया' गीत सार्वजनिक


  • 3.3K
    Shares

    प्रकाश र मेलिनाको कौडा भाका 'जुन माया' गीत सार्वजनिक

    लोकगायक प्रकाश दूतराजले नयाँ गीत सार्वजनिक गरेका छन्। मंगलबार प्रकाश दूतराज युट्युब च्यानलमार्फत 'जुन माया' बोलको गीत सार्वजनिक गरिएकाे हाे।

    कौडा भाकाको गीतमा प्रकाश र गायिका मेलिना राईको स्वर छ। गीतलाई प्रकाशले आफ्नो हिट गीत ‘घर कता हो बैनीको’ को सिक्वेलका रूपमा प्रस्तुत गरेका छन्।

    ‘घर कता हो बैनीको’ ले युट्युबमा करिब ३ करोड भ्युज पाएको छ। उनकै शब्द तथा संगीत रहेको गीत ‘जुन माया’ मा संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेको छ।

    मौसम हिमालीले निर्देशक गरेको म्युजिक भिडिओमा प्रकाश दूतराज, विजय पुन, जुना सुन्दास र आयुष्मा कार्कीलाई देख्न सकिन्छ। अनिल के मानन्धरले छायांकन गरेको म्युजिक भिडिओलाई नविन घर्तीमगरले सम्पादन गरेका हुन्।

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १६:१९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij