२०८२ माघ ७ गते बुधवार
लोकगायक प्रकाश दूतराजले नयाँ गीत सार्वजनिक गरेका छन्। मंगलबार प्रकाश दूतराज युट्युब च्यानलमार्फत 'जुन माया' बोलको गीत सार्वजनिक गरिएकाे हाे।
कौडा भाकाको गीतमा प्रकाश र गायिका मेलिना राईको स्वर छ। गीतलाई प्रकाशले आफ्नो हिट गीत ‘घर कता हो बैनीको’ को सिक्वेलका रूपमा प्रस्तुत गरेका छन्।
‘घर कता हो बैनीको’ ले युट्युबमा करिब ३ करोड भ्युज पाएको छ। उनकै शब्द तथा संगीत रहेको गीत ‘जुन माया’ मा संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेको छ।
मौसम हिमालीले निर्देशक गरेको म्युजिक भिडिओमा प्रकाश दूतराज, विजय पुन, जुना सुन्दास र आयुष्मा कार्कीलाई देख्न सकिन्छ। अनिल के मानन्धरले छायांकन गरेको म्युजिक भिडिओलाई नविन घर्तीमगरले सम्पादन गरेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij