Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

नेशनल लाइफ इन्स्योरेन्स ३६औं वर्षमा प्रवेश

नेशनल लाइफ इन्स्योरेन्स ३६औं वर्षमा प्रवेश


  • 3.3K
    Shares

    नेशनल लाइफ इन्स्योरेन्स ३६औं वर्षमा प्रवेश
    images

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आज (फागुन १० गते) ३५ औं वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको हो ।

    कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रममा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । यसै गरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ ।

    नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७७ ०७८ को मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ ।

    कम्पनीको जीवन बीमा कोषमा रु.५६ अरबको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७÷०७८ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आ.व. २०७७÷०७८ को बीमाङ्गीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैया सम्म प्रदान गरेको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ । ११७ शाखा कार्यालय संख्या र ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।

    कम्पनीले स्थापनाकाल देखि २०७९ साल पुष मसान्तसम्म कूल बीमाशुल्क आम्दानी ८५ अरब १ करोड रुपैयाँ आर्जन गरेको छ भने कूल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ । कूल २९ अरब ६० करोड रुपैयाँ बराबर बीमा दावी भुक्तानी गरेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १४:५६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij