Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (सूची सहित)

राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (सूची सहित)


  • 1.8K
    Shares

    राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (सूची सहित)
    images

    काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारले बढीमा ४ लाखसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन निर्देशिका, २०७४ दोस्रो संशोधनमार्फत निर्वाचनको खर्च सीमा निर्धारण गरेको हो ।

    निर्देशिकाको दफा १३७ मा निर्वाचन प्रचार प्रसार गर्नका लागि उम्मेदवारले तोकिएको हद भन्दा बढी नहुनेगरी खर्च गर्नुपर्ने उल्लेख छ । निर्देशिकाको व्यवस्था अनुसार सबैभन्दा बढी सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १/१ लाख खर्च गर्न पाइने छ ।

    यस्तै, दोस्रोमा कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार खर्च गर्न पाइने छ ।निर्देशिका अनुसार सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम विद्युतीय माध्यममा २०/२० हजार खर्च गर्न पाइने छ । यस्तै ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइने सीमा तोकिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १४:१०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij