Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

जेलमै पुगेर पूजाले दिइन् पललाई जन्मदिनको शुभकामना

जेलमै पुगेर पूजाले दिइन् पललाई जन्मदिनको शुभकामना


  • 2.7K
    Shares

    जेलमै पुगेर पूजाले दिइन् पललाई जन्मदिनको शुभकामना

    पल शाहको जन्मदिनको अवसर पारेर अभिनेत्री पूजा शर्मा कारागार पुगेकी छन्। आज पलको जन्मदिन दिन पारेर उनलाई भेट्न पूजा तनहुँ कारगार पुगेकी हुन्। पूजासँग निर्देशक शोभित बस्नेत पनि पललाई भेट्न पुगेका छन्। 

    पल शाहलाई सामाजिक सञ्जालबाट उनका हितैषी तथा फिलमकर्मीहरुले जन्मदिनको शुभकामना दिइरहेका छन्।  पूजाले भने कारागारमै गएर पललाई जन्मदिनको शुभकामना दिएकी हुन्।

    pooja-pal-1_3p2o6DTWjh.png

    पलसँग पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’मा स्क्रिन सेयर गरेकी छन्। यी दुईले थुप्रै म्युजिक भिडिओमा पनि सहकार्य गरेका छन्। 

    पल र पूजा मिल्ने साथी हुन्। करिब एक वर्षअगाडि पल शाह नाबालिग बालात्कार अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका हुन्। तर नवलपुर जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोगमा दोषी ठहर गर्‍यो। उनलाई साढे दुई वर्षको कैद सजाय तोकिएको छ। यो मुद्दामा पूजाले पलको खुलेर समर्थन गरिरहेकी छन्।

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १३:३६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij