२०८२ मंसिर ६ गते शनिवार
चालू आर्थिक वर्षको ७ महिनामा नेपालकाे बाह्य व्यापारमा आयात र निर्यात दुवै घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार आयात १९.९ प्रतिशतले र निर्यात २९ प्रतिशतले घटेको हो।
माघसम्म ९ खर्ब १९ अर्ब रुपैयाँको आयात हुँदा ९३ अर्ब रुपैयाँको निर्यात भएको छ। अघिल्लो वर्ष माघ महिनामा ११ खर्ब ४७ अर्ब रुपैयाँको आयात र १ अर्ब ३१ करोड रुपैयाँको निर्यात भएको थियो।
व्यापार घाटा १८.७ प्रतिशत अर्थात् ८ खर्ब २५ अर्ब रुपैयाँ छ। कुल विदेशी व्यापार २०.८४ प्रतिशतले घटेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij