Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

आईएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

आईएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता


  • 1.5K
    Shares

    आईएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता
    images

    काठमाडौँ । आईएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार मेटलाइफ इन्स्योरेन्सका सेवाग्राहीहरूले इन्स्योरेन्स पोलिसी नवीकरणवापतको शुल्क आईएमई पेमार्फत भुक्तान गर्न सक्नेछन् ।

    सम्झौतापत्रमा आईएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका हुन् ।

    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

    मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।

    नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बिमा, दुर्घटना तथा स्वास्थ्य बिमा, र कर्मचारी लाभ (समूह बिमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १२:३५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij