Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आजबाट राष्ट्र बैंकले नागरिक बचतपत्र–२०८४ ‘क’ बिक्री खुला गर्यो

आजबाट राष्ट्र बैंकले नागरिक बचतपत्र–२०८४ ‘क’ बिक्री खुला गर्यो


  • 1.9K
    Shares

    आजबाट राष्ट्र बैंकले नागरिक बचतपत्र–२०८४ ‘क’ बिक्री खुला गर्यो

    नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकले आज फागुन १० गतेबाट नागरिक बचतपत्र–२०८४ ‘क’ बिक्री खुला गरेको छ।केन्द्रीय बैंकले रु. २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्।

    यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११.५ प्रतिशत ब्याज (ब्याज कर लाग्ने) पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा गरिने राष्ट्र बैंकले जनाएको छ। 

    लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सक्नेछन्। यो बचतपत्र धितो राखी केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ। 

    यो बचतपत्रको निष्कासन आउँदो चैत ६ गते हुनेछ भने साँवा भुक्तानी २०८४ चै ६ गते हुनेछ। 

    इच्छुकले अनलाइनबाट वा नेपाल राष्ट्र बैंकको वेबसाइटमा गएर नागरिक बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफूलाई पायक पर्ने बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुको सहयोग लिई अनलाइन आवेदन भर्न सकिने व्यवस्था गरिएको छ । यो बचतपत्रमा यही फागुन ३० गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। 

    यो बचतपत्र खरिद गरिसकेपछि स्टक वा प्रमिसरी नोटका रुपमा लिन सकिने विकल्प राखिएको छ। 

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - ११:३०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij