Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, भाग्यमानी ८ जनाले पाए ११ कित्ता सेयर

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, भाग्यमानी ८ जनाले पाए ११ कित्ता सेयर


  • 2.3K
    Shares

    आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, भाग्यमानी ८ जनाले पाए ११ कित्ता सेयर

    आत्मनिर्भर लघुवित्त कम्पनीको आइपिओ सोमबार बाँडफाँट भएको छ। कम्पनीले २० हजार ३३८ कित्ता सेयर बाँडफाँट गरेको हो। 

    जसमध्ये २ हजार ३३ जना आवेदकले १० कित्ता आइपिओ पाएका छन् भने भाग्यमानी ८ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्। कम्पनीले माघ १६ गतेबाट फागुन २ गतेसम्म उक्त आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि बिक्री गरेको हो।

    कम्पनीले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। 

    सोमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गर्न लागेको हो भने ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरू तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको कम्पनीले बताएको छ। कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।
     

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - ११:३०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij