Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका


  • 1.9K
    Shares

    यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका
    images

    काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुने आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदानको प्रयास गरेपनि मतदान काठमाडौंमै हुने भएको छ । राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली वुधबार प्रकाशन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । त्यसपछि दाबी, विरोध, उजुरी लगायतका काम १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका छ ।

    त्यस्तै, आयोगले १२ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने र १३ गते उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ ।

    त्यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते, उम्मेदवारविरुद्ध उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन र निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गते र मतदान गर्ने २५ गते रहेको छ ।

    उपराष्ट्रपतिका लागि फागुन २७ गते उम्मेदवारको मनोनयन, २७ गते उम्मेदवारको विरोधमा उजुरी, २८ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २८ गते नै उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २८ गते दिउँसो उम्मेदवारले नाम फिर्ता लिने र २८ गते साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । चैत ३ गते भने मतदान उपराष्ट्रपति चयनका लागि मतदान हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - ११:२२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij