Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

चिनियाँ राजदूत चेन र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

चिनियाँ राजदूत चेन र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?


  • 2.0K
    Shares

    चिनियाँ राजदूत चेन र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत चेन साेङबीच भेटवार्ता भएकाे छ।

    दुवैबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे। राष्ट्रपतिकाे निर्वाचन नजिकिँदै जाँदा भेटवार्ता भएकाे हाे।

    राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते हुँदैछ। निर्वाचन नजिकिएसँगै विदेशी अधिकारीहरूकाे भेटघाट बढ्दै गएकाे छ।

    अघिल्लाे साता राजदूत साेङ बालकाेट पुगी नेकपा एमालेका अध्यक्ष ओलीसँग भेटघाट गरेका थिए। भेटवार्तामा उनले ओलीसँग राष्ट्रपतिकाे निर्वाचनबारेमा चासाे राखेका थिए। यसैगरी, उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटघाट गरिसकेका छन्।

    भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि राजनीतिक भेटघाट गरेका फर्किसकेका छन्। त्यसभन्दा अगाडि दुई शीर्ष अमेरिकी अधिकारी नेपाल भ्रमण सकेर स्वदेश फर्किसकेका छन्।

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - ११:१९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij