Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

लोसपाका नेताहरु राष्ट्रपतिमा महन्थ ठाकुरलाई सहयोग माग्न पुगे देउवा निवास

लोसपाका नेताहरु राष्ट्रपतिमा महन्थ ठाकुरलाई सहयोग माग्न पुगे देउवा निवास


  • 1.9K
    Shares

    लोसपाका नेताहरु राष्ट्रपतिमा महन्थ ठाकुरलाई सहयोग माग्न पुगे देउवा निवास

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका छन् । राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्न प्रस्ताव लिएर लोसपा नेताहरू देउवासँग छलफल गर्न धुम्बाराही पुगेका हुन् ।लोसपका नेताहरू हिजो मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । 


    आज नेताहरू सभापति देउवा निवासमा छलफलका लागि पुगेका छन् । देउवासँगको छलफलमा लोसपा अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत सहभागी छन् । राष्ट्रपतिमा कांग्रेस र एमालेले एक अर्काको उम्मेदवार स्वीकार नगर्ने परिस्थिति बनेको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति जुट्ने नेता सुरेन्द्र झाले बताए ।

    ‘उहाँ माओवादी, कांग्रेस र एमालेका लागि स्वीकार्य व्यक्ति हो । गणतन्त्र र सङ्घीयतामा प्रधानमन्त्रीजीसँग स्प्रीड मिल्छ भने कांग्रेसमा उहाँले लामो समय राजनीति गर्नु भएको छ,’ नेता झा भन्छन्, ‘ओलीजीलाई विगतमा गुन लगाउनु भएको छ । उहाँको नाममा राष्ट्रिय सहमति भन्ने परिस्थिति बन्दै गएको छ ।’ 

     

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १०:४९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij