Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

समाजवादी काङ्ग्रेसका अध्यक्ष निरौलाले नाति हृदयेन्द्रलाई बोक्ने, हजुरबुबा ज्ञानेन्द्रलाई ठोक्ने

समाजवादी काङ्ग्रेसका अध्यक्ष निरौलाले नाति हृदयेन्द्रलाई बोक्ने, हजुरबुबा ज्ञानेन्द्रलाई ठोक्ने


  • 3.3K
    Shares

    समाजवादी काङ्ग्रेसका अध्यक्ष निरौलाले नाति हृदयेन्द्रलाई बोक्ने, हजुरबुबा ज्ञानेन्द्रलाई ठोक्ने
    images

    पार्टीको झण्डामा ६ वटा तारा राखेर भुँईकटहर चुनाव चिन्ह बोकेर राजनीतिमा होमिएको नेपाल समाजवादी कांग्रेस अनेक मुद्दा बोकेर विगत लामो समय यता आन्दोलनको बिगुल फुक्दै हिडेको छ।

    वर्तमान राज्य व्यवस्थाले मुलुकको कायाकल्प नहुने निचोड निकालेको सो पार्टीले यूनिक आन्दोलनको बाटोलाई फराकिलो पार्दै राज्यसत्ता कब्जा गर्ने रणनीतिमा होमिएको उक्त पार्टीले जारी गरेका सुचना र कार्यक्रम बाट बुझ्न सकिन्छ। राष्ट्रियता, प्रजातन्त्र, राजसंस्था र हिन्दुराज्य स्थापना सहित संघियता खारेजीको बिषयलाई अस्त्र बनाएर तिखारिन खोजेको समाजवादी कांग्रेसले प्रजातन्त्र दिवसलाई अपूर्ण प्रजातन्त्र भन्दै पूर्ण बनाउन मैदानमा उत्रिने बताएको छ।

    पार्टी मुख्यालय बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गोबिन्द निरौलाले राजसंस्था स्थापना हुँदाका बखत शाहबंशिय युवा सदश्य हृदयेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउनु पर्ने बिषयमा जोड दिए। केहि दिन अघि पार्टीको हाईकमाण्डले ज्ञानेन्द्र राजा हुन योग्य नभएको निष्कर्ष निकाल्दै उनका नातिलाई राजा बनाउने निर्णय गरेको थियो।

    ज्ञानेन्द्र प्रति आक्रामक भएका निरौलाले ज्ञानेन्द्र भनेका एउटा एनजिओले संचालन गरेको अभियानका अभियान्ता जस्ता मात्र हुन, राष्ट्रप्रमुख हुने मानिस होइनन् भन्ने कुरा उनैले प्रमाणित गरेको बताए। दुर्गा प्रसाइले सुरु गरेको अभियानलाई आधार मानेर राजा र हिन्दुधर्म बारे जानमतसंग्रहको घोषणा हुन्छ र दुबैको अस्तित्व एकैपटक समाप्त गरिने निरौलाको तर्क छ।

    पार्टीको झण्डामा ६ वटा तारा राखेर भुँईकटहर चुनाव चिन्ह बोकेको सो पार्टीले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रै बाट राज्यसत्ताको दोहोलो काढ्ने भन्दै आन्दोलन गर्दै आएको छ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - १४:४७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij